aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उदघाटन, व्यावसायिक उडान जेठ १९ गतेबाट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ जेठ २०७९
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उदघाटन, व्यावसायिक उडान जेठ १९ गतेबाट

काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उदघाटनको क्रममा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरबेजको जहाज अवतरण गरेका छन् । विमानस्थल कार्यालयका अनुसार नेपाल वायुसेवा निगम (नेवानी) को पहिलो जहाज आज बिहान ६ बजेर ५५ मिनेटमा र जजिराको जहाज ७ बजेर ८ मिनेटमा अवतरण गरेका हुन् । योसँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान प्रारम्भ भएको छ ।

नेवानिले काठमाडौंबाट कमर्सियल उडान गरेको हो । जजिराको जहाज भने दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको बताइएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान भने यही जेठ २९ गतेमात्र हुने नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस