काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै भैरहवा विमानस्थललाई हव बनाउन भनेका छन् । बुद्ध जयन्तीको अवसरमा सोमबार विहान विमानस्थलमा आयोजित कार्यक्रममा देउवाले अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले विमानस्थल सञ्चालनमा आएपछि भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटकीय विकासमा थप सहयोग पुग्ने धार्मिक तथा सांस्कृतिक पर्यटनमा सहयोग पुग्ने पनि बताए । उनले मुलुकमा निजी हवाई कम्पनीहरुलाई समेत यस विमानस्थललाई हव बनाएर हवाई उडान गर्नसमेत वायुसेवा कम्पनीलाई आग्रह गरे ।
विमानस्थलमा सोमबार विहान ७ बजेर ८ मिनेटमा कुवेतको जजिरा एयरलाइन्सले अवतरण गरी व्यवसायिक उडान शुरु गरेको छ । आजै नेपाल एयरलाइन्सको न्यारोबडीले पनि उडान गरेको थियो । व्यावसायिक उडान भने जेठ १९ गतेबाट मात्र हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस