aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिक्लेस हाइड्रोपावरको वार्षिक साधारण सभा जेठ १३ मा हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ जेठ २०७९
सिक्लेस हाइड्रोपावरको वार्षिक साधारण सभा जेठ १३ मा हुने

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको १७औं वार्षिक साधारण सभा जेठ १३ गते हुने भएको छ । सभा आभ्या क्लब घारीपाटन १७ पोखरा कास्कीमा बिहान ११ बजे हुने जानकारी दिएको हो । सभाले चुक्ता पूँजीको १० दशमलव ५२६ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस