aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

रिलायबल नेपाल लाइफले बोलायो साधारण सभा, हकप्रद शेयर जारी गर्ने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ जेठ २०७९
रिलायबल नेपाल लाइफले बोलायो साधारण सभा, हकप्रद शेयर जारी गर्ने तयारी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जेठ २५ गते चौथो बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वैशाख २५ गतेको सञ्चालक समितिको बैठकले लिसरा व्याङक्वेट, ज्ञानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङग्याउनेछ ।

कम्पनीले पूँजीबृद्धिका लागि हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । सर्वसाधारणमा रू. ६० लाख कित्ता आईपीओ जारी गर्न नियामक निकायमा निवेदन दर्ता गरिसकेको कम्पनीले आईपीओ पश्चात हकप्रद शेयर जारी गर्ने योजना बनाएको हो । साथै स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने र संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत तय भएको छ । 
 

प्रतिक्रिया दिनुहोस