aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीको नाफा ३ अर्बभन्दा बढी, कुन कम्पनीको कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ जेठ २०७९
नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीको नाफा ३ अर्बभन्दा बढी, कुन कम्पनीको कति ?

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को चैत मसान्तसम्म नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनेले ३ अर्ब २५ करोड रुपैयाँ नाफा नाफा गरेको छन् । कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सबैभन्दा बढी नाफा शिखर इन्स्योरेन्सले गरेको छ । यो कम्पनीले ९ महिनाको अवधिमा ३६ करोड ७० लाख रुपैयाँ नाफा गरेको हो ।  दोस्रोमा बढी नाफा कमाउनेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । यो कम्पनीले उक्त अवधिमा ३४ करोड २६ लाख रुपैयाँ नाफा गरेको छ । 

९ महिनाको अवधिमा यी कम्पनीमध्ये सबैभन्दा कम नाफा गर्ने जनरल इन्स्योरेन्स नेपाल रहेको छ । यो कम्पनीले उक्त अवधिमा ८ करोड २४ लाख रुपैयाँ नाफा गरको छ । त्यस्तै अजोड र लुम्बिनी जनरल इन्स्योरेन्स पनि १० करोड रुपैयाँभन्दा कम नाफा गर्नेमा परेका छन् । अजोडले ९ महिनाको अवधिमा ९ करोड ४१ लाख रुपैयाँ र लुम्बिनी जनरलले ९ करोड ५५ लाख रुपैयाँ नाफा गरेका छन् । 

त्यसैगरी कुल बीमाशूल्य आर्जन पनि सबैभन्दा बढी शिखर इन्स्योरेन्सले नै गरेको छ । यो कम्पनीले ९ महिनाको अवधिमा ३ अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशूल्क आर्जन गरेको छ । सबैभन्दा कम कुल बीमाशूल्क आर्जन जनरल इन्स्योरेन्स नेपला लिमिटेडले गरेको छ । यो कम्पनीले १९ करोड १२ लाख रुपैयाँ कुल बीमाशूल्क आर्जन गरेको हो । 

कुन कम्पनीले कति बीमाशूल्क र नाफा आर्जन गरे 


 

प्रतिक्रिया दिनुहोस