aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

विन नेपाल लघुवित्तले गर्यो ९.८३ प्रतिशत लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ जेठ २०७९

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल ९ दशमलव ८३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको वैशाख २९ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ७ करोड २४ लाख ४१ हजारको आधारमा ९ दशमलव ३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस