aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रिभर फल्सको आईपिओमा निष्काशनको करिब ६.५ गुणा बढि शेयर माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ जेठ २०७९
रिभर फल्सको आईपिओमा निष्काशनको करिब ६.५ गुणा बढि शेयर माग

काठमाडौं । बैशाख २८ गतेबाट निष्काशन भएको रिभर फल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा तेश्रो दिन विहान १०ः३० बजे सम्म ६.४७ गुणाले ओभर सब्सक्राइब भएको छ । २७ लाख ३० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख ३६ हजार ५ सय कित्ता तथा कर्मचारीलाई २ प्रतिशत बराबर ५४ हजार ६ सय कित्ता छुट्याएको थियो । 

बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ता शेयर निष्काशन गरिएकोमा निष्काशनको तेश्रो दिन विहान १० बजेसम्म १४ लाख १३ हजार ५ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ६४ करोड ३६ लाख १४ हजार रकम बराबरको १ करोड ६४ लाख ३६ हजार १ सय ४० कित्ता शेयरको लागि आवेदन परेको छ । यो  आईपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो । 

यो  आईपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो  आईपिओमा आवेदन दिने अन्तिम मिति छिटोमा २०७९ जेष्ठ ०४ गते बुधबार अपरान्ह ५ः३० बजेसम्म रहेको छ । 

प्रतिक्रिया दिनुहोस