aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हकप्रद जारी गर्न राधी विद्युतले दियो बोर्डमा निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ जेठ २०७९
हकप्रद जारी गर्न राधी विद्युतले दियो बोर्डमा निवेदन

काठमाडौं । राधी विद्युत कम्पनीले १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ बराबर १ दशमलव ४७५२ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर विक्रीका लागि वैशाख २८ गते बोर्डमा निवेदन दिएको हो । राधीको यो हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

यस वर्ष हालसम्मकै सर्वाधिक ३६ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गरेको राधीले बोनस पश्चात कायम चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजारको आधारमा राधीले हकप्रद शेयर जारी गर्न लागेको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रू. ४ करोड ७१ लाखभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष गत वर्षको तुलनामा कम्पनीको खुद नाफामा कमि आएको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ करोड २६ लाखभन्दा बढी खुद नाफा गरेको थियो । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ७२ र प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव १९ रहेको छ । कम्पनीको अन्तिम शेयरमूल्य मंगलवार रू. ६१५ कायम भएको छ । यो दिन अघिल्लो कारोबार दिनको तुलनामा प्रतिकित्ता रू. ५४ ले घटेको हो । 
 

प्रतिक्रिया दिनुहोस