
काठमाडौं । नेपालका एक मात्र रोयल इनफिल्डका भेट्रान सोलो राईडर प्रमोद श्रेष्ठ “गुफी” ले सगरमाथा सफल आरोहण गरेका छन् । उनले जेष्ठ १ बिहान ७ः८ बजे सगरमाथा सफल आरोहण गरेका हुन । उनले १० जना विभिन्न मुलुकका पदयात्रीसंगै आरोहण पुरा गरेका हुन ।
सगरमाथा आरोहण “८८४८ बालिकालाई बालबिबाह विरुद्ध शिक्षा (Teach 8848 Girls Against Child Marriage) अभियानलाई सफल बनाउनका लागी अल्फा अटोमोटिभ प्रालिले त्रिवेणी ग्रुपको कार्यलयमा अप्रिल ९, २०२२ एक कार्यक्रम आयोजना गरेको थियो । कम्पनीका निर्देशक हर्ष संघाइले शुभकामनाका साथै रोयल इनफिल्डको झण्डा पनि प्रदान गरेका थिए ।
प्रमोद श्रेष्ठ “गुफी” ले सगरमाथामा चुचुरोमा रोयल इनफिल्डको झण्डा सफलता पुर्वक पुर्याइ फहराएको कम्पनीले जनाएको छ । विश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागी आधिकारिक बिक्रेता त्रिवेणी समूह अन्तर्गतको अल्फा अटोमोटिभ प्रालिले नेपाल भर बिक्रि अनुमती पाएको छ । कम्पनीले आफ्नो बिक्रि, सर्भिस एवं सन्जाल विस्तार कार्य सुरु गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस