aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्राइम लाइफको नाफा ४४ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ साउन २०७६
प्राइम लाइफको नाफा ४४ प्रतिशतले वृद्धि

काठमाडौं । निजि क्षेत्रको जीवन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चौथो त्रैमास सम्ममा आईपुग्दा खुद मुनाफामा ३१ करोड ३० लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ४४ दशमलव ७० प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले नाफा २१ करोड ६३ लाख रुपैयाँ कमाएको थियो ।

 
कम्पनीको खुद बीमा शुल्क २९ दशमलव ६१ प्रतिशतले वृद्धि गरी २ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ भने खुद दाबी भुक्तानी २९ प्रतिशतले वृद्धि गरी ३९ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

१ अर्ब ७८ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा १ अर्ब २४ करोड ५४ लाख रुपैयाँ र जीवन बीमा कोषमा ८ अर्ब ९० करोड ५१ लाख रुपैयाँ राखेको छ । जसले आम्दानीमा ४१ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ भने खर्च ९ करोड ७८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको कुल बीमाशुल्क हाल सम्म १५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको छ भने दाबी भुक्तानी कुल ५० करोड ७० लाख रुपैयाँ रहेको छ । कुल कायम बीमालेखको संख्या १६ लाख ८२ हजार २८ वटा र कुल दाबी भुक्तानी संख्या २ हजार ३५९ वटा रहेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी १७ दशमलव ५४ रुपैयाँ, प्रति शेयर नेटवर्थ १ सय ७६ दशमलव ७० रुपैयाँ र मूल्य आम्दानी अनुपात २५ दशमलव ०३ गुणा रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस