aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

द-बङ टुर रिलोडेडको टिकट ग्यापु मार्फत किन्दा घरैमा डेलिभरी हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ जेठ २०७९
द-बङ टुर रिलोडेडको टिकट ग्यापु मार्फत किन्दा घरैमा डेलिभरी हुने

काठमाडौं । लोकप्रिय नेपाली ई–कमर्स, ग्यापु मार्केट प्लेसले ‘द-बङ टुर रिलोडेड’ को टिकट उपलब्ध गराउने भएको छ । दर्शकले gyapu.com  बाट सजिलै टिकट प्रि–बुकिङ गर्न सक्नेछन् । उक्त कार्यक्रमका लागि कुल ३५ हजार दर्शक सिट तोकिएको छ । भने टिकटको मूल्य पाँच हजार, १० हजार, १५ हजार र २५ हजार रहेको छ ।

यस्तै, ग्राहकले टिकट बुकिङ गरेपश्चात अनलाइन र अफलाइन दुबै तरिकाबाट पैसा तिर्न मिल्ने सुविधा ग्यापु मार्केट प्लेसले दिएको छ । ‘द–बङ टुर रिलोडेड’ आगामी मे २८ तारिखमा काठमाडौं स्थित दशरथ रंगशालामा  आयोजना हुनेछ । 

सो कार्यक्रममा सलमान खान लगायत भारतीय कलाकारहरूको समुह आउने भएका छन् । साथै नेपाली कलाकारहरूको पनि उपस्थिती रहनेछ । उक्त मनोरञ्जनात्मक कार्यक्रममा नृत्य र गीतसंगितको भरपुर मजा लिन सकिने छ । 

प्रतिक्रिया दिनुहोस