
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको जेठ ६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ । आगामी एक वर्षभित्र बीमा कम्पनीको निर्देशन बमोजिम कम्पनीलाई रू. २ अर्ब ५० करोड चुक्तापूँजी कायम गर्नुपर्ने अवस्था छ । पूँजी बृद्धि अभियान चलिरहेको अवस्थामा कम्पनीले बीमा समितिको स्वीकृति प्राप्त भएमा ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस