
काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आईपीओ मंगलवार सूचीकृत भएको छ । कम्पनीले संस्थापक तर्फको १ करोड ४६ लाख २३ हजार ७६० कित्ता, आयोजना प्रभावित स्थानीयको १८ लाख २७ हजार ९७० कित्ता,र सर्वसाधारण तर्फको १८ लाख २७ हजार ९७० कित्ता शेयर सूचीकृत गरेको हो ।
बुधवारदेखि कारोबारयोग्य हुने यो शेयर स्पेशल प्रि ओपनिङ सेसनमा कारोबार भएमा नियमित सेसनमा कारोबारमा आउनेछ । कम्पनीले चैत १६ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री खुला गरी चैत २९ गते बाँडफाँट गरेको थियो ।
नेप्सेले कम्पनीलाई बिएचएल सिम्बोल प्रदान गरेको छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. ९३ दशमलव ६४ देखि अधिकतम रू. २८० दशमव ९२ सम्मको मूल्य रेञ्ज तोकेको छ । नेप्सेले तोकेको मूल्य रेञ्जको आधारमा कम्पनीको पहिलो शेयर कारोबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस