aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सात सय १५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० जेठ २०७९
सात सय १५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने

काठमाडौं । अहिले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।   

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका थिए । राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्र सात सय १५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने उल्लेख गरिएको छ ।

राष्ट्रिय प्रसारण लाइन नपुगेका स्थानमा विद्युत पुर्याइनेछ । त्यस्तै, बुढिगण्डकीलाई स्वदेशी लगानीमा उत्पादन गरिनेछ । साथै, अन्तरदेशिय प्रशारण लाइनको विस्तारलाई तिव्रता दिईनेछ । विद्युत नपुगेका २५ हजार घरधुरीमा विद्युत पुर्याइने । पश्चिम सेती, तल्लो अरुण सेती नदि जस्ता ठूला परियोजन अगाडी बढाईनेछ । 

प्रस्तुत नीति तथा कार्यक्रम अनुसार विद्युतीय स्मार्ट मिटर जडान गर्ने कार्यलाई विस्तार गरिनेछ । विपन्न पपिरवारलाई निशुल्क विद्युत वितरण गरिनेछ । ग्यासलाई विस्थापन गर्न विद्युतिय महशुललाई पनरावलोकन गरिनेछ । विद्युतिय सवारीलाई प्रोत्साहन गनका लागि चार्जिङ स्टेनश विस्तार गरिने उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस