
काठमाडौं । चालु आर्थिक वर्षको दश महिनामा २२ करोड रुपैयाँ भन्दा बढीको ग्रीन टी निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि बैशाख मसान्तसम्म नेपालबाट २२ करोड ३४ लाख ५४ हजार रुपैयाँ बराबरको ग्रीन टी निर्यात भएको हो ।
विभागका अनुसार यस अवधिमा विभिन्न देशहरुमा उक्त मुल्य बराबरको १ लाख २३ हजार ६७२ केजी ग्रीन टी निर्यात भएको हो । यस अवधिमा नेपालबाट क्यानडामा २१ लाख १७ हजार रुपैयाँको ९५१ केजी ग्रीन टी निर्यात भएको छ । त्यस्तै, चीनमा ४४ लाख ७८ हजार रुपैयाँ बराबरको ५ हजार ९८३ केजी, जर्मनीमा १० करोड ३९ लाख ६९ हजार रुपैयाँ बराबरको ४७ हजार २९८ केजी र भारतमा १ करोड २६ लाख २२ हजार रुपैयाँ बराबरको २३ हजार ६९९ केजी ग्रीन टी निर्यात भएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, नेदरल्याण्डमा ७१ लाख ४९ हजार रुपैयाँ बराबरको ५ हजार ९७७ केजी, कतारमा ४ लाख १० हजार रुपैयाँको २४८ केजी, ताइवानमा २१ लाख ८४ हजार रुपैयाँ बराबरको १ हजार ३६२ केजी, अमेरिकामा २ करोड ९१ लाख २७ हजार रुपैयाँ बराबरको १० हजार ८९८ केजी, न्युजिल्याण्डमा १ लाख १४ हजार रुपैयाँ बराबरको १० केजी र नर्वेमा २ लाख ५० हजार रुपैयाँ बराबरको २० केजी ग्रीन टी निर्यात भएको हो ।
विभागको तथ्यांक अनुसार पोल्याण्डमा ३ लाख २८ हजार रुपैयाँ बराबरको ७६ केजी, रसियामा २ लाख रुपैयाँको ३३४ केजी, सिंगापुरमा २ लाख २१ हजार रुपैयाँ बराबरको १० केजी, स्लोभाकियामा ९ लाख ९८ हजार रुपैयाँ बराबरको १५५ केजी, स्वीडेनमा १४१ केजी, स्वीजरल्याण्डमा ६ लाख ९ हजार रुपैयाँको १५५ केजी र युक्रेनमा १ सय केजी ग्रीन टी निर्यात भएको छ ।
यसैगरी, युनाइटेड अरबमा १४ लाख ३४ हजार रुपैयाँ बराबरको ५१२ केजी, बेलायतमा १५ लाख १९ हजार रुपैयाँ बराबरको ९४४ केजी, अष्ट्रियामा ८ लाख ७१ हजार रुपैयाँ बराबरको १७० केजी, बेल्जियममा १ हजार रुपैयाँको १ केजी, केच रिपब्लिकमा २७ लाख २६ हजार रुपैयाँ बराबरको १ हजार १६३ केजी, डेनमार्कमा ६ लाख ६३ हजार रुपैयाँ बराबरको ११४ केजी, र फिनल्याण्डमा २ लाख २६ हजार रुपैयाँ बराबरको ६१ हजार केजी ग्रीन टी निर्यात भएको तथ्यांकमा उल्लेख छ ।
विभागको तथ्यांक अनुसार फ्रान्समा १ करोड ३५ लाख ४५ हजार रुपैयाँ बराबरको ४ हजार ४२ केजी, इस्टोनियामा १७ हजार रुपैयाँ बराबरको ६६ केजी, हङकङमा ३२ लाख ९१ हजार रुपैयाँ बराबरको ३ हजार ३९६ केजी, हंगेरीमा १२ करोड ८३ लाख रुपैयाँको २१७ केजी, रिपब्लिक अफ कोरियामा ४ लाख ३९ हजार रुपैयाँ बराबरको ५८ केजी र ग्रीन टी निर्यात भएको छ ।
त्यस्तै, यस अवधिमा जापानमा २ करोड ७९ लाख ६९ हजार रुपैयाँ बराबरको १२ हजार ७६९ केजी, ल्याटभियनमा २२ हजार रुपैयाँ बराबरको १० केजी, लिथौनियामा ७ लाख ४५ हजार रुपैयाँ बराबरको २५० केजी र मलेसियामा १९ लाख १२ हजार रुपैयाँ बराबरको २ हजार २४८ केजी र अष्ट्रेलियामा ५ करोड ६८ हजार रुपैयाँ बराबरको ३३६ केजी ग्रीन टी निर्यात भएको तथ्यांकमा उल्लेख छ ।
दश महिनामा ७ करोडको कफि निर्यात
विभागका अनुसार चाल आवको दश महिनामा नेपालबाट ७ करोड ९८ लाख ४८ हजार रुपैयाँ बराबरको कफि निर्यात भएको हो । यस अवधिमा विभिन्न १४ देशहरुमा उक्त मुल्य बराबरको ४६ हजार २१६ केजी कफि निर्यात भएको हो ।
यस अवधिमा सबैभन्दा बढी कफि निर्यात हुने देशमा स्वीजरल्याण्ड रहेको छ भने कम कफि निर्यात गरेको क्यानडा देश रहेको छ । नेपालले यस अवधिमा अष्ट्रेलियामा ६० लाख ३३ हजार रुपैयाँ बराबरको ३ हजार १४९ केजी कफि निर्यात गरेको छ । त्यस्तै, चीनमा ५९ हजार रुपैयाँ बराबरको ४९९ केजी, जर्मनीमा १ करोड ३६ लाख ९१ हजार रुपैयाँ बराबरको ८ हजार २३४ केजी, इटालीमा ३३ लाख ७४ हजार रुपैयाँ बराबरको २ हजार केजी र जापानमा २ करोड ३३ लाख २३ हजार रुपैयाँ बराबरको १३ हजार ९६५ केजी कफि निर्यात गरेको हो ।
त्यस्तै, रिपब्लिक अफ कोरियामा १० लाख ७ हजार रुपैयाँ बराबरको १ हजार केजी, नर्वेमा ४ लाख २२ हजार रुपैयाँ बराबरको २२५ केजी, सबैभन्दा बढी स्वीजरल्याण्डमा २ करोड ४४ लाख १७ हजार रुपैयाँ बराबरको ११ हजार ७०५ केजी, ताइवानमा २२ लाख २ हजार रुपैयाँ बराबरको १ हजार ८२६ केजी कफि निर्यात भएको तथ्यांकमा उल्लेख छ ।
विभागका अनुसार यस अवधिमा अरबमा १२ लाख ६ हजार रुपैयाँ बराबरको ८ सय केजी, बेलायतमा २२ लाख ७९ हजार रुपैयाँ बराबरको १ हजार २५८ केजी, अमेरिकामा १२ लाख ४८ हजार रुपैयाँ बराबरको १ हजार ३५४ केजी, क्यानडामा २ लाख ५ हजार रुपैयाँ बराबरको १ सय केजी र स्लोभेनियामा ३ लाख ८४ हजार रुपैयाँ बराबरको १०२ केजी कफि निर्यात भएको छ ।
प्रतिक्रिया दिनुहोस