aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

९० करोडको आईपीओ जारी गर्ने महालक्ष्मी लाइफको योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ जेठ २०७९
९० करोडको आईपीओ जारी गर्ने महालक्ष्मी लाइफको योजना

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो पूँजी वृद्धि योजना अन्तर्गत पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुसँग थप ५० प्रतिशत रकम जम्मा गर्न आह्वान गरेको छ । कम्पनीको गत वैशाख २५ गते बसेको विशेष साधारण सभाको विशेष निर्णय बमोजिम असार ९ गतेसम्ममा हाल कायम शेयरधनीहरुसँग ५० प्रतिशत अर्थात् रू.७० करोड पूँजी थप गर्न सूचनामार्फत आह्वान गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. १  अर्ब ४० करोड रहेको छ । अहिले संस्थापकहरुसँग आह्वान गरिएको ५० प्रतिशत थप पूँजी पश्चात कम्पनीको चुक्तापूँजी रू.२ अर्ब १० करोड पुग्नेछ । त्यसपछि कम्पनीले सर्वसाधारणका लागि  रू ९० करोड बराबरको आईपीओ निष्कासन गर्नेछ । उक्त आईपीओ निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब  पुग्नेछ ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्तापूँजी रू.५ अर्ब पुर्याउन निर्देशन दिएको छ । सोही अनुसार आईपीओ निष्कासन पश्चात कम्पनीले  अर्को एक कम्पनीसँग मर्जरमा गएर चुक्तापूँजी रू.५ अर्ब पुर्याउने तयारी गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस