aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

राप्ती हाइड्रोले जेठ २४ गतेदेखि आईपीओ बिक्री गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ जेठ २०७९
राप्ती हाइड्रोले जेठ २४ गतेदेखि आईपीओ बिक्री गर्दै

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले स्थानीयमा प्रतिशेयर रू. १०० अंकित दरका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यो आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानिय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । 

यो आईपीओ छिटोमा असार ७ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असार २२ गतेसम्म विक्री खुला हुने मिति तय भएको छ । आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

विक्री प्रबन्धकसँगै यो आईपीओ खरीदका लागि ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा कार्यालय, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा र मुसिकोट शाखा कार्यालय र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६ लाख कित्तासम्म यो आईपीओ खरीदको माग गर्न सक्नेछन् । 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर सिंगल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस