काठमाडौं । अरुण काबेली पावर लिमिटेडले चौथो त्रैमास सम्ममा आईपुग्दा खुद मुनाफा १ करोड ५५ लाख १० हजार रुपैयाँ नोक्सानमा रहेको छ । जुन गत वर्षको सोहि अवधिमा पनि १ करोड ५५ लाख ३९ हजार रुपैयाँ नोक्सानमा नै रहेको थियो ।
१ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडाकोष १ करोड ५५ लाख रुपैयाँ नेगेटिभमा रहेको छ । जसको आम्दानी ५० दशमलव ४६ प्रतिशतले बढेर २० लाख रुपैयाँ रहेको छ । जसको संचालन मुनाफा ४४ दशमलव ७० प्रतिशतले वृद्धि गरी १३ लाख रुपैयाँ आर्जन गरेको छ ।
अरुण काबेली पावरको प्रतिशेयर नेटवर्थ ९८ दशमलव ९७ रुपैयाँ, तरलता अनुपात शुन्य दशमलव २० प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ३३६ दशमलव ०३ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस