
काठमाडौं । नेपालमा अटोमोवाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखा परेका समस्याहरुलाई केलाउदै NADA PERSPECTIVE on Current Scenario- Restriction on Import for Passenger Automobiles सार्वजनिक गरेको छ ।
एक खर्बभन्दा बढीको लगानी रहेको यस क्षेत्रले हरेक बर्ष १ खर्व ५० अर्व भन्दा बढी राजश्वमा योगदान पुर्याउदै आएको छ । जसले देशको प्रत्यक्ष रोजगारीमा प्रत्यक्ष रुपमा १ लाख र अप्रत्यक्ष रुपमा १० लाख नागरिकलाई रोजगारीको अवसर प्रदान गर्दै आयातको तुलनामा झण्डै दोब्बर राजश्व उपलब्ध गराउने आएको छ ।
अटोमोवाइल क्षेत्रलाई नजर अन्दाजगरी सरकारले नीजि प्रयोजनका कार, जीप र भ्यानलाई आउदो आषाढ मसान्तसम्मको लागि त्यसको आयातमा प्रतिवन्ध समेत लगाएको नाडाको भनाई छ । नाडाले केही दिन अघि मात्रै नीजि प्रयोजनका कार, जिप र भ्यानको आयात खुल्ला गर्नको लागि अर्थ मन्त्रालयमा विधिवत सुझाव समेत पेश गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस