aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एभरेष्ट इन्स्योरेन्सको हकप्रद शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ साउन २०७६
एभरेष्ट इन्स्योरेन्सको हकप्रद शेयर लिलामीमा

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको हकप्रद शेयरमा पूर्ण आवेदन नपरेपछि कम्पनीले नबिकेको शेयर लिलामीमा राखेको छ । कम्पनीले संस्थापकतर्फको १ लाख ४६ हजार ५७५ कित्ता र सर्वसाधारणतर्फको ३ लाख ८३ हजार २०५ कित्ता शेयर लिलामीमा ल्याएको हो । लिलामी शेयरमा आवेदन दिनको लागि साउन २९ गतेदेखि भदौ ८ गतेसम्म अवधि तोकिएको छ । 


लिलामीमा आवेदन दिँदा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य रू. १ सय तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । 
 

प्रतिक्रिया दिनुहोस