aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनवाईईएफको चौथो साधारणसभा सम्पन्न, गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ जेठ २०७९
एनवाईईएफको चौथो साधारणसभा सम्पन्न, गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

काठमाडौं ।  नेप्लिज योङ्ग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरको चौथो वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । मेरियट होटलमा सम्पन्न सभाले चिराग गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति समेत गठन गरेको छ ।

नयाँ कार्यसमितिमा इमिडेट पास्ट प्रेसिडेन्ड निरज कर्माचार्यसहित प्रथम उपाध्यक्षमा प्रार्थना साखा र द्वितीय उपाध्यक्षमा अभिमन्यु गोल्छा चयन भएका छन् । त्यस्तै, आप्पा शेर्पा, क्षितिज तामाङ,ईच्छा मल्ल,रसना श्रेष्ठ,निर्देश द्वा,निषित मित्तल  र अनुभव श्रेष्ठ कार्यसमिति सदस्यमा चयन भएका छन् ।

नयाँ कार्यसमितिले  युवा युद्यमीहरुलाई एकीकृत भई एकअर्कामा सहयोग जुटाउन सहज हुने नवनिर्वाचित अध्यक्ष चिराग गोयलले बताए । साथै युवा उद्यमीहरुको समस्याहरुलाई उजागर गरी समाधानको पहल गर्ने, उद्योग वाणिज्य महासंघसँग मिलेर काम गर्ने, नयाँ उद्यमी, युवा पुस्ताको स्टार्टअप, महिला उद्यमीलाई पनि सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस