
काठमाडौं । सरकारले उर्जा क्षेत्र विकासका लागि ४३ अर्ब रुपैयाँ बजेट विनियोजित गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक वर्षमा विद्युत प्रशारण लाइन र पूर्वाधार निर्माणका लागि ४३अर्ब विनियोजन गरिएको बताए ।
साथै ७१५ मेगावाट विजुली राष्ट्रिय प्रणालीमा जोडिने र आगामी दुई वर्षमा सबै घरमा विजुली पुर्याइने सरकारको लक्ष्य रहेको छ । त्यस्तै, एलपी ग्यासमा प्रदान हुँदै आएको अनुदान क्रमश कटौती गर्ने र आगामी साउनभित्र सिंहदरबारबाट ग्यास सिलिण्डर हटाइने अर्थमन्त्री शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस