
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सोमवार नेपाल इन्स्योरेन्स कम्पनीको बोनस शेयरको मूल्य संमायोजन गरेको छ । नेप्सेले ११ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य रू. ५३१ दशलमव ५३ तोकेको छ । कम्पनीले सोमवार कायम अन्तिम शेयर मूल्य रू. ५९० को आधारमा शेयर मूल्य संमायोजन गरेको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि मंगलवार बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । कम्पनीले आव २०७७/७८ को मुनाफाबाट ११ प्रतिशत बोनस शेयर र शून्य दशलमव ५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव पारितका लागि कम्पनीले जेठ ३० गते साधारण सभा बोलाएको छ । सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटीमण्डमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस