
काठमाडौं । दुई वटा इन्स्योरेन्स कम्पनीहरुले साधारणसभा बोलाएका छन् । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीले साधारणसभा गर्न भएको हो ।
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विषेश साधारण सभा असार २ गते गर्ने भएको छ। सभा बिहान ११ बजे एयरपोर्ट होटल एयरपोर्ट काठमाडौंमा हुने जानकारी दिएको हो । यस हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने प्रयोजनको लागि विषेश साधारण सभा बोलाएको हो ।
मर्जर प्रक्रिया शुरु भएसँगै वैशाख २३ गते देखि कम्पनीको शेयर कारोबार रोक्का रहेको छ । साही कारण जेठ २५ गतेसम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीको जेठ १५ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
एभरेष्ट इन्स्योरेन्स
एभरेष्ट इन्स्योरेन्स पनि असार २ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको जेठ १५ गते बसेको सञ्चालक समिति बैठकले विशेष साधारण सभा बस्ने निर्णय गरेको हो । विषेश साधारण सभा बिहान ११ बजे अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा सुरु हुनेछ । यस एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने प्रस्ताव पेश हुँदैछ । एक आपसमा यी दुई कम्पनी गाभिने भएपछि हाल एभरेष्ट इन्सुरेन्स र हिमालयन जनरल इन्सुरेन्सको सेयर कारोबार रोक्का रहेको छ ।
प्रतिक्रिया दिनुहोस