aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मेरो माइक्रोफाइनान्स र बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ जेठ २०७९
मेरो माइक्रोफाइनान्स र बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड तथा बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच सौर्य पम्प सिंचाइ ‘सोलार वाटर पम्प’ परियोजनाहरु निर्माण सम्बन्धमा सम्झौता भएको छ ।

सोमबार भएको उक्त सम्झौता पत्रमा मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामहरि  दाहाल तथा नेपाल सरकार तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले  हस्ताक्षर गरेका छन् । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा दुबैतर्फका अन्य पदाधिकारी एबम् कर्मचारीहरुको उपस्थिति रहेका थियो ।

सोलार पम्प परियोजना कार्यान्वयनको लागि winrock इन्टरनेशनल नेपालको प्राबिधिक सहयोग रहनेछ । उक्त  परियोजनामार्फत ब्यवसायिक कृषकहरुको बित्तीय पहुँच तथा लघु उद्यमशिलता र क्षमताको बिकास हुनुको साथै कृषि उत्पादकत्वमा समेत वृद्धि हुने बिश्वास संस्थाले लिएको छ ।

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले मुलुकभर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ६४ जिल्लामा १५ अनुगमन कार्यालय तथा १५० शाखा कार्यालयमार्फत १ लाख ८० हजार भन्दा बढी घरपरिवारलाइ लघुबित्तीय सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस