aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

१९ जीवन बीमा कम्पनीले गरे १ खर्ब १० अर्बभन्दा बढी कुल बीमाशुल्क आर्जन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ जेठ २०७९
१९ जीवन बीमा कम्पनीले गरे १ खर्ब १० अर्बभन्दा बढी कुल बीमाशुल्क आर्जन

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को वैशाख मसान्तसम्म जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब १० अर्ब ४० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्म सञ्चालित १९ जीवन बीमा कम्पनीबाट उक्त कुल बीमाशुल्क आर्जन भएको हो ।

उक्त अवधिमा सबैभन्दा बढी कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीले चालू आवको वैशाख मसान्तसम्म २८ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो कम्पनीले वैशाख महीनामा पनि सबैभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । नेपाल लाइफले वैशाख महीनामा मात्र १ अर्ब ९८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरको हो ।

त्यस्तै दोस्रोमा बढी कुल बीमाशुल्क आर्जन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन  रहेको छ । यो कम्पनीले १३ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै वैशाखमा बढी कुल बीमाशुल्क आर्जन गर्ने दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन नै रहेको छ । यो कम्पनीले पनि वैशाख महीनामा १ अर्ब रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी वैशाख मसान्तसम्म जीवन बीमा कम्पनीहरूमध्ये महालक्ष्मी लाइफ इन्स्योरेन्सले सबैभन्दा कम कुल बीमाशुल्क आर्जन गरेको छ । यो कम्पनीले वैशाख मसान्तसम्म १ अर्ब १८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।  

जीवन बीमा कम्पनीहरूले वैशाख महीनामा मात्र ७ अर्ब ८६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस