aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आईपीओ जारी गर्ने प्रस्ताव सहित मिड सोलु हाईड्रोपावरले बोलायो विशेष साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ जेठ २०७९
आईपीओ जारी गर्ने प्रस्ताव सहित मिड सोलु हाईड्रोपावरले बोलायो विशेष साधारण सभा

काठमाडौं । मिड सोलु हाईड्रोपावर कम्पनी लिमिडेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारितका लागि जेठ २३ गते विशेष साधारण सभा गर्न लागेको छ । कम्पनीको जेठ ४ गतेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको रजिष्ट्रर कार्यालय, काठमाडौंमा विहान ११ बजे सभा हुन लागेको हो । 

सभाले कम्पनीको हाल कायम पूँजी संरचना अधिकृत पूँजी, जारी पूँजी तथा चुक्तापूँजी संशोधन गर्ने र सोको लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्नेछ । पूँजी बृद्धि तथा प्रबन्धपत्र तथा र नियमावली संशोधन गर्नका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस