aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालको प्रथम वार्षिक साधारण सभा आव्हान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ जेठ २०७९
इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालको प्रथम वार्षिक साधारण सभा आव्हान

काठमाडौं । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडको प्रथम वार्षिक साधारण सभा असार ९ गतेका लागि बोलाईएको छ । कम्पनीको वैशाख १२ गतेको सञ्चालक समितिको बैठकले संस्थाकको बानेश्वर हाइट, काठमाडौंमा रहेको कार्यालयमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

सभाले सञ्चालक समितिको निर्वाचन गर्ने र समितिको बैठकमा उपस्थित भए बापत पाउने बैठक भत्ता तथा सुविधाको विषयमा पनि आवश्यक छलफल गरी स्वीकृति प्रदान गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस