aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

दुई कम्पनीले पाए आईपीओ निष्कासन गर्न अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ जेठ २०७९
दुई कम्पनीले पाए आईपीओ निष्कासन गर्न अनुमति

काठमाडौं । दुई कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा अनुमति पाएका छन् । सयपत्रि हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरले आईपीओ निष्कासन गर्न बोर्डबाट जेठ १८ गते अनुमति पाएका हुन् । 

सयपसत्रि हाइड्रोपावर कम्पनीले ९ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । उक्त आईपीओ पहिलो चरणमा स्थानिय बासिन्दाको लागि निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

त्यसैगरी दोस्रोमा मन्दाकिनी हाइड्रोपावरले १७ लाख ६४ हजार ११० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । यस कम्पनीले पनि पहिलो चरणमा स्थायिन बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस