aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

होण्डाको शोरुमा पनि अब सार्वजनिक शौचालय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २१ जेठ २०७९
होण्डाको शोरुमा पनि अब सार्वजनिक शौचालय

काठमाडौं । काठमाडौं महानगर पालिकाका नयाँ मेयर बालेन्द्र साहले सार्वजनिक शौचालय प्रयोगमा रेस्टुरेन्टलाई प्रयोग गर्न दिने घोषणा गरेका थिए । उनको यो घोषणापछि केहि रेस्टुरेन्टहरुले आफ्नो शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न दिन थालेका छ ।

निजी क्षेत्रको उद्योगी ज्योति समूहद्धारा सञ्चालन गरेको होण्डा मोटर साइकलको शोरुमका शौचालयलाई पनि सार्वजनिक रुपमा प्रयोग गर्न दिन घोषणा गरेको छ । 
 
होण्डाको नेपालका लागि आधिकारीक वितरक स्याकार ट्रेडिङले आफ्नो समाजिक सञ्जालमा यस्तो पोष्ट गरेको छ, परिवर्तन सुरु हुन्छ हामीबाट१ त्यसैले एक स्वच्छ वातावरण निर्माण गर्ने पहलमा, अब देखि सबै होण्डा शोरूमहरूमा निःशुल्क शौचालय उपलब्ध हुने घोषणा गर्न पाउँदा हामी गर्व गर्दछौं ।'

प्रतिक्रिया दिनुहोस