काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको नाफा २२ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको नाफा घटेको हो । अघिल्लो आवमा ९२ करोड ८३ लाख नाफा भएकोमा गत आवमा ७१ करोड ५७ लाखमात्रै नाफा रहेको छ ।
कम्पनीले आव २०७५÷७६ मा विद्युत् बिक्रीबाट आएको कुल रकमको १० प्रतिशत र जडित क्षमताको हकमा प्रतिकिलोबाट १ हजारका दरले विद्युत विकास विभाग मार्फत रोयल्टी खर्च बढाएको छ । अघिल्लो आवमा २ करोड ४९ लाख तिरेको रोयल्टी गत आवमा १२ करोड ५१ तिनुपर्दा नाफा घट्न पुगेको हो । कम्पनीले यसअघि १५ वर्षसम्म आयकर छुट पाएको थियो । हाल कम्पनीको आयकर छुट सकिएको छ । कम्पनीले विद्युत बिक्रीबाट गत आवमा १ अर्ब १७ करोड आम्दानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १५ दशमलव शून्य ४ रहेको छ भने प्रतिशेयर नेटवर्थ १९५ दशमलव ८१ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस