
काठमाडौं । सरकारले जबरजस्ती लाद्न खोजेको इम्बोस्ड नम्बरमा कमिसनको गन्ध आएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभामा जारी बजेटको मन्त्रालयगत विनियोजन बजेटमाथिको छलफलमा बोल्दै सांसद सुवालले यस्तो आरोप लगाएका हुन् ।
‘अहिले नेपाललाई इम्बोस्ड नम्बरको खाँचो नभएको भन्दै सामान्य, साधारण नम्बर प्लेट भए हुने जिकिर समेत गरे । उनले भने, ‘यो मन्त्रीहरु, कर्मचारीहरुले कमिसनको लोभमा जबरजस्ती गर्न लागिएको प्रपञ्च बाहेक केहि होइन ।’
प्रतिक्रिया दिनुहोस