
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरको आईपीआ विहिबारसम्ममा ४१ दशमलव ७३ प्रतिशतले आवेदन दिएका छन । बिहीबार ४ बजेसम्म ७१ हजार ८०२ जना आवेदकले ३१ लाख २७ हजार ५९० कित्ताका लागि आवेदन ग्लोबाल आइएमइ क्यापिटलले जनाएको छ ।
असार २५ गतेदेखि सर्बसाधारणका लागि जारी भएको आइपीओमा कुल ७६ लाख ७२ हजार २१० कित्ता साधारण शेयरमध्ये सर्वसाधारणका लािग ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता शेयर जारी गरेको हो ।
कुल कित्तामध्ये १ लाख ५३ हजार ४ सय ४४ कित्ता शेयर कर्मचारीको लागि छुट्याएको छ भने २५ हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको शेयर सर्वसाधारणमा विक्री खुला गरेको हो ।
कम्पनीले स्थानियलाई जारी गर्दा वितरण हुन नसकेको शेयरपनि सर्वसाधारणका लागि जारी गरेको छ । स्थानियका लागि १६ करोड रुपैयाँ र सर्वसाधारणको लागि ६२ करोड रुपैयाँ बराबरको शेयर छुट्याएको थियो । स्थानियलाई जारी गर्दा १ लाख २७ हजार ७९० कित्तामात्र विक्री भएको छ । सो अवधिमा विक्री हुन नसकेको १४ लाख ७२ हजार २१० कित्ता समेत थप गरी कम्पनीले सर्वसाधारणमा शेयर जारी गरेको हो ।
कम्पनीको ८२ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको स्थानिय र सर्वसाधारणको आईपीओ पश्चात १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ । यस कम्पनीले इलाम जिल्लामा ४ दशमलव ५ मेगावाटको माईखोला साना जलविद्युत आयोजना र ८ मेगवाटको माईसाना क्यसस्केड जलविद्युत आयोजना सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस