
काठमाडौं । चौतर्फि विरोध भएपछि इम्बोस्ड नम्बर प्लेट लागू गर्नबाट यातायात व्यवस्था विभाग पछि हटेको छ । मंगलबार यातायात व्यवस्था विभागले एक विज्ञप्ति जारी गर्दै सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको बताएको छ । विभागले जारी गरेको विज्ञप्तिमा २२ कार्तिक २०७८ को राजपत्रमा उल्लेख गरेको सवारीहरुमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न खोजेको बताएको छ ।
विभागले गत शुक्रबार एक सूचना जारी गर्दै सबै सवारी साधानमा इम्बोस्ड प्लेट जडान नभए कारवाही गर्ने चेतावनी समेत दिएको थियो । केहि दिनदेखि चलेको प्रतिनिधि सभामा विभागले गरेको काम प्रति बहस नै चलेको थियो । चरौतिर विरोध भएपछि आज एक विज्ञप्ति जारी गर्दै विभागले भनेको छ, ‘यस्तो अवस्थामा सवारी धनीले इम्बोस्ड प्लेट स्वेच्छिक मात्रै विषय ठानेको र सवारी कार्यालयहरुले पनि उदाशीन भएर सेवा दिइरेको विभागको भनाइ छ ।
विभागले इम्बोस्ड प्लेट जडानका लागि आवश्यक सबै पूर्वाधार तयार भइसकेको जारी विज्ञप्तिमा जनाएको छ । विभागले आवेदन प्रणाली, पर्सानलाइजेसन प्रणाली, फिटिङ गर्ने जनशक्ति, प्लेट ढुवानी व्यवस्था पनि तयार रहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस