
काठमाडौं । लाइफ इन्स्यारेन्स कर्पोरेशन (एलआइसी)नेपाल) को साधारणसभा शुक्रबार २४ गते हुने भएको छ । कम्पनीको १७ औं वार्षिक साधारणसभामा ७० प्रतिशत लाभांश र अन्य विविध प्रस्ताव पेश हुँदै छन् ।
कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर र ३५ दशमलव ५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो लाभांश साउन ८ गते बुधबारसम्म कायम सदस्यहरुले मात्र पाउने भएका छन् । कम्पनीले साधारण सभा प्रयोजनका लागि साउन ९ गतेदेखि बुक क्लोज गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो । बोनसपश्चात भने बीमा समितिले तोके बमोजिम चुक्तापूँजी पुग्ने देखिन्छ । प्रस्तावित ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब ९९ लाख ५९ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस