aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मेटलाइफ नेपालद्वारा उत्कृष्ट प्रतिनिधिहरु सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ जेठ २०७९
मेटलाइफ नेपालद्वारा उत्कृष्ट प्रतिनिधिहरु सम्मानित

काठमाडौं । मेटलाइफ नेपालले यस हप्ता आफ्नो शीर्ष एजेन्सी प्रतिनिधिहरुलाई सम्मान गर्दै काठमाडौंमा वार्षिक अवार्ड नाइटको आयोजना गरेको छ । मेटलाइफ नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ उपाध्यक्ष तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनामका प्रमुख एलिना बुटारोवा लगायत मेटलाईफ एशिया वितरणका एजेन्सी उपाध्यक्ष मारवन मटारको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका उच्च अधिकारीहरुका साथै देश भरका योग्य एजेन्सी प्रबन्धकहरु, युनिट प्रबन्धकहरु र फिलड प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा गत वर्षका ३ सय भन्दा बढी उत्कृष्ट प्रतिनिधिहरुको सहभागिता रहेको थियो र ९ विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो ।

सन २००३ देखि मेटलाइफले आफ्ना शीर्ष प्रतिनिधिहरुलाई सम्मानित गर्दै आएका छन, साथसाथै अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण तथा तालिम प्रदान गरी उनीहरुको बीमा क्षेत्रमा उज्ज्वल भविष्य सुनिस्चित गर्दै आएका छन ।

प्राविधिक विकास र डिजिटलाइजेशन प्रक्रियाहरूमा अनुकूलन गर्दै, मेटलाइफ नेपालले भर्खरैमात्र नेपालमा पहिलो पटक डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरु भर्ना गर्नको लागि मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट  सोलुसन प्लेटफर्म सुरु गरेको छ ।  डिजिटल सेल्स सोलुसन, ग्राहक सेवा एप र अनलाइन प्रिमियम  भुक्तानी सेवाहरू पहिले नै सञ्चालन हुदै आएको छ र मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन मार्फत एजेन्सी नेटवर्क बढाउने योजना रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस