
काठमाडौं । नेपाल हाइड्रो डेभलोपरले असार १३ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २५ गतेको सञ्चालक समितिको बैठकले कावेरी इन ज्ञानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले नियमावलीका विभिन्न बुँदाहरु संशोधनको प्रस्ताव सभाका लागि तय गरेको छ ।
कम्पनीको नियमावली संशोधनको सम्बन्धमा नियमनकारी निकायको सुझाबका आधारमा गर्नुपर्ने कामको पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि असार २ गते बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको अधारमा असार १ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस