aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

उद्योग सञ्चालकले अर्थमन्त्रीको राजीनामा मागे, पूर्वका उद्योगी दिनभर सडकमा (भिडियो सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ जेठ २०७९

 काठमाडौं । बजेटमा गरिएको नीतिका कारण आफ्नो उद्योगलाई संकट पर्ने भन्दै आज बिहिबार विराटनगर औद्योगिक कोरिडरको व्यापारीहरुले सो क्षेत्रमा यातायात अवरुद्ध गरेका छन् । उक्त विरोध कार्यक्रममा बोल्ने अधिकांश उद्योगीले राज्यको विभेदकारी नीतिका कारण अर्बौको लगानी र त्यहा काम गर्ने कामदारको विचल्ली हुन लागेको बताएका छन् । 

सडकमा विरोध कार्यक्रमा बोल्दै हुँलास वायरकी सञ्चालक युक्ति गोल्छाले राज्यले उद्योगीलाई विचल्चीमा पर्ने नीति लिएका अब यी सबै उद्योग सरकारले किनेर चलाउन आग्रह समेत गरिन । विहीबार पूर्वका अधिकांश औद्योगिक कोरिडोरका नजिकको राजमार्गमा उद्योगहरु सरकारको विरोध गरिएका व्यानर र प्लेकार्ड बोकेर सडकमा उत्रेका थिए । 

पुर्व घोषित कार्यक्राम अनुसार व्यापारीहरुले आज विराटनरदेखि दुहवीसम्मका सडक अवरुद्ध पारेका हुन् । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै उद्योगीले सडकमा नै कोणसभा समेत गरेका थिए ।  उद्योगीहरुलाई मात्र फाइदा पुग्ने नीति लागू गरेको भन्दै उनीहरुले औद्योगिक क्षेत्र नजिकका राजमार्गमा सवारी चल्न नदिएको हुँलास वायरकी प्रवन्ध निर्देशक युक्ति गोल्छाले आर्थिकन्यूज डटकमलाई बताइन् । 

सरकारले औद्योगिक कच्चापदार्थ एमएस वायर रडको भन्सार महसुल ५ लाई १० प्रतिशत बनाइएको र प्रतिकिलो अन्तःशुल्क २ रुपैयाँ ५० पैसालाई वृद्धि गरेर ४ रुपैयाँ ५० पैसा बनाइएको छ । एमएसमा आधारित देशका सबै उद्योग बन्द हुने गोल्छाको दाबी गरिएको छ । जिआई वायर साफ्टा सुविधाअन्तर्गत ६ प्रतिशत भन्सार महसुलमा ल्याउन सकिने 

बजेटमा प्रस्तुत राजस्व संरचनाले नेपालका तीन किसिमका साना ठूला गरी २ सयभन्दा बढी उद्योग बन्द हुने जिकिर गर्दै नीतिगत सुधारको मागका साथ व्यावसायिक संस्थाले आन्दोलन सुरु गरेका हुन्।


 

प्रतिक्रिया दिनुहोस