
काठमाडौं । मोटरहेड ब्राण्डका नेपालको लागि आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड टे«ड प्रा.लि.ले लक्की ड्र मार्फत विजेताहरुलाई आज एक समारोहको विच चेक हस्तान्तरण गरेको छ ।
कम्पनीले आफ्नो दशैं/तिहार/छठ अन्तर्गतको अफर अनुरुप तीन जना भाग्यशाली विजेताहरुलाई उक्त चेक हस्तान्तरण गरेको थियो । उक्त अफरमा मोटरहेडका MH-150R खरिद गरेका काठमाण्डौं निवासी सुभेन्दु रत्न तुलाधरले रु. १ लाख जितेका छन, यसै गरी रु.५०,०००।–का विजेता रुकुम घर भई हाल काठमाण्डोैं वसोवास गर्दै आएका दया वुढा मगर र तेस्रो विजेता ललितपर निवासी सुशान्त पौडेलले रु.२५,०००।– जित्नु भएको थियो । मगर र पौडेलले उक्त अफरमा मोटरहेडका परिचित मोडल Tekken R 250 र Scrambler खरिद गरेका थिए ।
कम्पनीले उक्त अवधिमा चलाएको नगद छुटको अफरको साथै लक्की ड्र मार्फत आफूहरु उक्त रकमको योग्य हुन पाएकोमा तीनै जना ग्राहक खुशी देखिन्थे र साथै मोटरहेडको वाइकको Performance र Satisfaction levelआफूलाई साह्रै मन परेको जानकारी दिए । उक्त कार्यक्रममा विजेताहरुलाई चेक हस्तान्तरण एस.एल. आर टेक्नो एण्ड टे«ड प्रा.लि.का निर्देशक श्री सुगम घिमिरेले गरेका थिए ।
हाल कम्पनीको नयाँ वर्ष २०७९ अन्तर्गतको अफर जसमा क्अचबतअज गरी रु.१,००,०००।– सम्म जित्न सकिने र १ जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत रु.२,०७,९००।– जित्न सकिने व्यवस्था रहेको छ । यस ब्राण्डका हाल सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स सुविधाका साथ देशका मुख्य सहर विर्तामोड, इटहरी, हेटौंडा, मन्थली, धादिङ, बुटवल, कावासोती, पोखरामा र उपत्यका भित्र टेकु, बालाजु, धोबिघाट, चावहिल तथा भक्तपुरको सल्लाघारीमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस