aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिद्धार्थ म्युचुअल फण्डको ११ करोड ९० लाख इकाई बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ साउन २०७६
सिद्धार्थ म्युचुअल फण्डको ११ करोड ९० लाख इकाई बिक्रीमा

काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम दुईले सर्वसाधारणको लागि सार्वजनिक इकाई निष्कासन गरेको छ । म्युचुअल फण्डले सर्वसाधरणका लागि ११ करोड ९० लाख इकाई निष्कासन गरेको हो । 

म्युचुअल फण्डको प्रति इकाई १० रुपैयाँको दरमा १४ करोड इकाईमध्ये १५ प्रतिशत योजना व्यवस्थापकको लागि छुट्टाएको कम्पनीले  जनाउको छ । सर्वसाधारणले न्युनतम १०० इकाईदेखि अधिकतम एक करोड ४० लाख इकाईसम्मको लागि आवेदन दिन सक्ने छन् । 

सार्वजनिक निष्काशन छिटोमा साउन २७ गतेसम्म र पहिलो चरणमा बिक्री नभएको खण्डमा ढिलोमा भदौ २० गतेसम्म आवेदन दिन सकिने छ । 
यो व्यवस्थापन सिद्धार्थ क्यापिटलको चौथो बन्दमूखी योजनामा पर्छ । यसभन्दा  पहिला ३ वटा योजना सफल भैसकेको छन । दुई वटा योजना सञ्चालन भइरहेका छन् । यो योजना इकाई बाँडफाँड भएको १० वर्षसम्म सञ्चालन हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस