aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

चेरीले नेपालमा आफ्नो फ्ल्यागसिप मोडल ‘टिग्गो ८ प्रो’ लन्च गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ जेठ २०७९
चेरीले नेपालमा आफ्नो फ्ल्यागसिप मोडल ‘टिग्गो ८ प्रो’ लन्च गर्दै

काठमाडौं । नेपालमा चेरी कारका लागि एकमात्र आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले चेरी ब्रान्डको फ्ल्यागसिप मोडल टिग्गो ८ प्रो आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘टिग्गो ८ प्रो’ मा चेरीको टेक्नोलोजी समावेश छ र यो  1.6 TGDI र 7DCT को संयोजनले भरिएको छ । 

जुन यही क्याटागोरीको शीर्ष १० मा सूचीबद्ध गरिएका थिए । यो गाडीमा फुल एलईडी लक्जरी लाइटिङ्ग सेट र विशेष लक्जरियस लेदर सिटहरु स्ट्यान्डर्डको रुपमा उपलब्ध छन् भने चेरी अटोमोबाइलले नयाँ पुस्तामा यस मोडललाई ‘लक्जरियस्ली डेकोरेटिभ टेरेस्ट्रियल फ्लाइट ककपिट’ को रुपमा निर्माण गर्न प्रयास गरिरहेको छ ।    

पावरको कुरा गर्दा, ‘टिग्गो ८ प्रो’ १.६ लिटर टर्बोचाज्र्ड ग्यासोलिन डिरेक्ट इन्जेक्सन1.6TGDI इन्जिन, जसलाई सुपर पावरफुल ‘चाइना हार्ट’ इन्जिन भनिन्छ, र GETRAG को ७–स्पिड डुअल–क्लच ट्रान्समिसन (7DCT) ले सुसज्जित छ । विशेष गरी, 1.6 TGDI लाई २०१९ मा ‘चाइना हार्ट’ १० उत्कृष्ट इन्जिनहरू मध्ये सूचीबद्ध गरिएको छ, जसको अधिकतम पावर 145kW छ भने 290Nm को पिक टर्क छ । एरो इन्जिन टेक्नोलोजी र चेरी जस्ता अत्याधुनिक प्रविधिहरूको मूल्याङ्कन गर्ने मापदण्डहरू जस्तै: iHEC (स्मार्ट) कम्बस्सन सिस्टम, इन्टेलिजेन्ट स्टार्ट–स्टप (ISS) प्रकार्यको साथ 1.6 TGDI इन्जिन उत्कृष्ट एक्सेलेरेशन र अल्ट्रा–लो  इन्धन खपत ल्याउन 7DCT सँग पूर्ण रूपमा मेल खान्छ । यसले ‘टिग्गो ८ प्रो’ लाई ८.९ सेकेन्डमा 100 km/h को गति बढाउन क्षमता दिन्छ र इन्धन खपत 1.6TGDI इन्जिनको लागि प्रति १०० किलोमिटर ६.८ लिटर जति कम गर्छ ।  

प्रयोगकर्ता–अनुकूल र अति–सुविधाजनक हाई–टेक कन्फिगरेसनहरूको सन्दर्भमा समेत ‘टिग्गो ८ प्रो’मा धेरै सुविधा उपलब्ध छन् । स्मार्टफोनका लागि फास्ट वायरलेस चार्जिङ, अटोमेटिक फोल्डिङ र इलेक्ट्रिक हिटिङका साथै एन्टी फग फङसन भएका साइड मिरर जस्ता अटो उद्योगकै लिडिङ मानिने विभिन्न फिचरले सवारी धनीलाई सन्तुष्ट बनाउछ । यसमा भएको ३६० डिग्री बर्ड्स आई भ्यु प्यानोरामिक सुपर–डेफिनेसन ब्याकअप क्यामेराले पार्किङ गर्न सहज बनाउने मात्र होइन, फुर्सदिलो तरिकाले ड्राइभिङ अनुभव प्रदान गर्न समेत सहज बनाउछ । 

यो कारमा भएका डोर ओपनिङ वार्निङ, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ वा फरवार्ड कोलिजन वार्निङ, रियर कोलिजन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, लेन डिपार्चर वार्निङका साथै विभिन्न स्थानमा भएका ६ वटा एयरब्याग लगायतका फस्र्ट इन क्लास सेफ्टी फिचर लगायतका एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टमले कारलाई निकै नै सुरक्षित बनाएको छ । 

यो कार रोल्यान्ड पर्पल, कार्बन क्रिस्टल ब्ल्याक, राइन ब्लु, न्यु खाकी ह्वाइट, सेलाडन ग्रे र ज्वेल रेड गरी विभिन्न ६ कलरमा उपलब्ध हुनेछ । Tiggo 8 Pro फ्ल्यागसिप मोडलको मूल्य रु ९९ लाख ५० हजार रुपैयाँ तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस