aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मर्जर तथा प्राप्तीको प्रस्ताव गर्दै सानिमा जनरल इन्स्योरेन्सले आव्हान गर्यो विशेष साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० जेठ २०७९
मर्जर तथा प्राप्तीको प्रस्ताव गर्दै सानिमा जनरल इन्स्योरेन्सले आव्हान गर्यो विशेष साधारण सभा

 काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले असार १५ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २९ गतेको सञ्चालक समितिको बैठकले धुम्र बराह पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, धुम्वाराही, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । 

बीमा कम्पनीहरूमा पूँजीबृद्धिको अभियान चलिरहदाँ सानिमा जनरल इन्स्योरेन्स पनि मर्जर तथा प्राप्ती प्रकृयामा जाने संकेत देखिएको छ । कम्पनीले मर्जर तथा प्राप्ती सम्बन्धी प्रस्ताव पारितकै लागि विशेष साधारण सभा बोलाएको हो । 

सभाले आगामी दिनमा मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले असार ८ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार ७ गतेसम्म कायम शेयरधनीहरू मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस