aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमा लाईफले असार २० गते बोलायो साधारण सभा, कति लाभांश पारित हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० जेठ २०७९
सानिमा लाईफले असार २० गते बोलायो साधारण सभा, कति लाभांश पारित हुँदै

 काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले असार २० गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २५ गतेको सञ्चालक समितिको बैठकले स्मार्ट दरबार ब्याङ्क्वेट, धुम्बाराही, काठमाडौंमा भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो । सभा विहान १० बजे सुरु हुनेछ ।

सभाले अघिल्लो आर्थिक वर्ष ०७६÷७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङग्याउनेछ । सभाले प्रस्तावित ४ दशमलव २ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव २२ प्रतिशत नगद लाभांशलाई समेत वितरण योग्य बनाउँनेछ ।

 कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्बको आधारमा कुल ४ दशमलव ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । उल्लेखित प्रस्तावहरूसँगै सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व हुने गरी एक जना सञ्चालकको निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । 

साथै, अन्य कुनै जीवन बीमा कम्पनीसँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले असार ८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार ७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस