aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आईपीओ जारी गर्दै पिपुल्स पावर, पायो बोर्डबाट अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० जेठ २०७९
आईपीओ जारी गर्दै पिपुल्स पावर, पायो बोर्डबाट अनुमति

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण सहित ४९ प्रतिशत दरको रू. ३१ करोड बराबरको ३१ लाख कित्ता आईपीओ निष्कासनका लागि जेठ २७ गते अनुमति प्रदान गरेको हो । 

हाल कम्पनीमा संस्थापक तर्फ चुक्ताभएको ५१ प्रतिशत पूँजी रू. ३२ करोड २६ लाख रहेको छ । सर्वसाधारणमा आईपीओ जारी तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ६३ करोड २६ लाख पुग्नेछ । कम्पनीले ३० लाख ९९ हजार ७४० कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न पुस २७ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

बोर्डले भने कम्पनीको आवेदन कित्ता बढाएर अनुमति प्रदान गरेको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा प्रभ क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस