aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सुनसरीको कोसी गाउँपालिकामा बस दुर्घटना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ जेठ २०७९
सुनसरीको कोसी गाउँपालिकामा बस दुर्घटना

सुनसरी । सुनसरीको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा सोमबार बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ६५६४ नंको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो ।

विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको अनुमान गरिएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

घाइतेको जिल्ला अस्पताल इनरुवा, सैनिक अस्पताल इटहरी र विराटनगरमा उपचार भइरहेको छ । घाइतेमध्ये देवकुमारी चौधरी र भूराज खत्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस