
काठमाडौं । निम्बस ग्रुपको प्रोबायोटेक इन्डस्ट्रिज प्रालिले एकै वर्ष ११ अर्ब १० करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ। रेटिङ एजेन्सी इक्राको रिर्पोट अनुसार कम्पनीले २०२२ को पहिलो ६ महिनामा कुल आम्दानीको ४७ प्रतिशत खाद्यान्नबाट र ५३ प्रतिशत गाईवस्तुको आहारबाट कारोबार गरेको हो ।
कम्पनीले गाईवस्तुको दाना, खाद्यान्न, खानेतेलको एक्स्ट्रयाक्सन र प्रशोधनसहित दाल तथा गेडागुडीको उत्पादन तथा बिक्री गर्दै आएको छ।खाद्यान्न र गाईवस्तुको आहार व्यापारबाट कम्पनीको वित्तीय अवस्था सकारात्मक रहेको देखिन्छ।
२०२२ को पहिलो ६ महिनामा कम्पनीको वार्षिक वृद्धि दर ३१ प्रतिशत रहने बताइएको छ। खानेतेल, दाल, पिठो र नगेट्सलगायतले पनि कम्पनीको आम्दानी सुधारमा योगदान पुर्याएको देखिन्छ।
२०१९ देखि २०२१ सम्म कम्पनीको २०२१ मा यो संख्या ३५ प्रतिशत रहेको छ। फिड सेग्मेन्टमा वृद्धि भइरहेपनि कुल कारोबारमा यसको हिस्सा २०१७ मा ७५ प्रतिशत रहेको थियो। २०२२ को पहिलो ६ महिनामा यो घटेर ५३ प्रतिशतमा झरेको छ। खाने तेल र दालको व्यापार बढ्दा फिड सेग्मेन्टलाई यसले धानेको छ। २०२२ को पहिलो ६ महिनामा खानेतेलले कुल आम्दानीको ३१ प्रतिशत र दालले चार प्रतिशत योगदान पुर्याएको छ।
प्रतिक्रिया दिनुहोस