aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आदर्श लघुवित्तको आईपीओ आजदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ असार २०७९
आदर्श लघुवित्तको आईपीओ आजदेखि विक्रीमा

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गते (आज) देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कार्यालय अवधिपश्चात् रू. ६७ लाख बराबरको ६७ हजार कित्ता आईपीओ सर्वसाधारणा जारी गर्न लागेको हो । सर्वसाधारणमा निष्काशन हुन लागेको कुल ६७ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । यी वाहेक बाँकी ६२ हजार ६१५ कित्ता शेयर मात्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ ।

यो आइपीओ खरीदकालागि छिटोमा असार ६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । तर पछिल्लो समय सर्वसाधारणका लागि आईपीओ जारी हुँदा परेको आवेदको प्रबृत्ति हेर्दा कम्पनीको आईपीओ छिटो अवधिभित्रै विक्री हुने सम्भावना देखिन्छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यो आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूसँगै मेरो शेयर एप र सफ्टवेयरबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । 

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङस नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल बि प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ करोड ४० लाख रहेको छ आईपीओ बाँडफाँटपश्चात यो पूँजी रू. २ करोड ७ लाख पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस