
काठमाडौं । एक महिनामा १९ जीवन बीमा कम्पनीको बीमा पोलिसी सरेन्डर गर्नेहरु २३ प्रतिशतले घटेका छन् । बीमा समितिको तथ्याङक अनुसार चालु आर्थिक वर्षको चैत महिनाको तुलनामा बैशाख महिनामा बीमा पोलिसी त्याग्नेहरु २३.८० प्रतिशत अर्थात १८३६ जनाले घटेका हुन् ।
समितिको तथ्याङक अनुसार चैतमसान्तसम्म बीमितहरुले ७ हजार ७१२ बीमालेख सरेन्डर गरेका थिए । बैशाख मसान्तसम्ममा ५ हजार ८७६ जनाले बीमालेख सरेन्डर गरेका छन् । यस अवधिमा १९ जीवन बीमा कम्पनीको ५५ करोड २० लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको समितिको तथ्यांकमा देखिएको छ । यो अवधिमा सबैभन्दा बढी बीमा पोलिसी सरेन्डर गर्नेमा राष्ट्रिय बीमा संस्थान र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेका बीमालेख रहेका छन् ।
बैशाख महिनामा राष्ट्रिय बीमा संस्थानको ६ करोड ५४ लाख ६७ हजार रुपैयाँ बराबरको १ हजार २७० बीमा पोलिसी सरेन्डर भएको छ । त्यस्तै, यसै अवधिमा नेपाल लाइफ इन्स्योरेन्स २२ करोड २ लाख २१ हजार रुपैयाँ बराबरको १ हजार ८२४ बीमा पोलिसी सरेन्डर भएको समितिको तथ्याङकमा उल्लेख छ ।
यस्तै, सोही अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको ५ करोड ७७ लाख ६ हजार रुपैयाँको ५५७ वटा, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको ५ करोड ११ लाख ५ हजार रुपैयाँको ४१४ वटा, मेट लाइफको ३ करोड ९ लाख ६२ हजार रुपैयाँ बराबरको ३८४ वटा, एशियन लाइफ इन्स्योरेन्सको २ करोड ७५ लाख रुपैयाँको ३९१ वटा र गुँरास लाइफ इन्स्योरेन्स कम्पनीको ९८ लाख ६५ हजार रुपैयाँ बराबरको १४४ वटा बीमा पोलिसी सरेन्डर भएको हो ।
त्यसैगरी, बीमितहरुले सूर्या लाइफ इन्योरेन्सबाट ७५ लाख ५३ हजार रुपैयाँ बराबरको ६२ वटा, प्राइम लाइफ इन्स्योरेन्सको ४७ लाख ३४ हजार रुपैयाँ बराबरको १०२ वटा, आईएमई लाइफ इन्स्योरेन्सबाट ४ करोड ४० लाख ३९ हजार रुपैयाँ बराबरको ४२५ वटा, युनियन लाइफ इन्स्योरेन्सबाट ४६ लाख ६० हजार रुपैयाँको २७ वटा र ज्योति लाइफ इन्स्योरेन्सबाट ७७ लाख ४९ हजार रुपैयाँ बराबरको ५७ वटा बीमा पोलिसी सरेन्डर गरेको तथ्याङकमा उल्लेख छ ।
समितिको तथ्याङक अनुसार बीमितहरुले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ११ लाख २२ हजार रुपैयाँ बराबरको १५ वटा बीमा पोलिसी सरेन्डर गरेका छन् । त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको १९ लाख २६ हजार रुपैयाँ बराबरको ३६ वटा, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको २७ लाख २३ हजार रुपैयाँ बराबरको ७१ वटा, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको २४ लाख ६५ हजार रुपैयाँ बराबरको ३७ वटा पोलिसी सरेन्डर भएको छ ।
त्यसैगरी, सोही अवधिमा बीमितहरुले सानिमा लाइफ इन्स्योरेन्सबाट १७ लाख १० हजार रुपैयाँ बराबरको २३ वटा, प्रभु लाइफ इन्स्योरेन्सबाट ८६ लाख १२ हजार रुपैयाँ बराबरको २२ वटा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबाट १९ लाख ४८ हजार रुपैयाँ बराबरको १५ वटा बीमा पोलिसी सरेन्डर भएको तथ्याङकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस