
काठमाडौं । बुधवार नेप्सेमा रिभर फल्स पावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको ७० लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो ।
अव कम्पनीको शेयर कारोबार भोलि बिहिवार देखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपन रेञ्ज ८७ दशलमव ९८ रुपैयाँदेखि २६३ दशलमव ९४ तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको प्रतिशेयर नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थायिन बासिन्दाका लागि निष्कासन गरेको ७ लाख कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको २७ लाख ३० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको ३५ लाख ७० हजार कित्ता गरी कुल ७० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । साथै कम्पनीले सूचीकरण पछि दिनुपर्ने आरटिएस सेवा प्रभु क्यापिटल लिमिटेडबाट हुने जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस