aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मल्टीपर्पसको हकप्रद शेयर भर्ने आइतबार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ साउन २०७६
मल्टीपर्पसको हकप्रद शेयर भर्ने आइतबार अन्तिम दिन

 काठमाडौं । मल्टीपर्पस फिनान्स कम्पनीको  हकप्रद शेयर भर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता  १ सय अंकित दरको  ३५ लाख ८५ हजार २६४ कित्ता हकप्रद जारी गरेको हो । यस हकप्रदमा असार १० गतेसम्म कायम सदस्यहरुले आवेदन दिन सक्नेछन् । हकप्रद प्रयोजनका लागि कम्पनीले असार ११ गते बुक क्लोज गरेको थियो ।
हकप्रद शेयरको विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँग सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर एप मार्फत समेत आवेदन दिन सकिनेछ । 
हाल कम्पनीको चुक्तापूँजी रू. ४ करोड १४ लाख ७३ हजार रहेको छ । हकप्रद वितरणपछि कम्पनीको चुक्ता पँुजी रू. ४० करोड २१ लाख पुग्नेछ । गत आर्थिक वर्ष २०७५÷७६ मा कम्पनीले रू. ५७ लाख ६० हजार नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा रू. १ करोड २ लाख ७६ हजार थियो । अघिल्लो वर्षको तुलनामा गत नाफा नाफा घटेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशमलव ८९ रहेको छ । 

प्रतिक्रिया दिनुहोस